May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

प्रजातन्त्र दिवसमा ३२९ जनालाई कैद मिनाहा हुँदै

प्रजातन्त्र दिवसमा ३२९ जनालाई कैद मिनाहा हुँदै

फागुन ०७, काठमाडौं ।
प्रजातन्त्र दिवसको दिन राष्ट्रप्रमुखले विभिन्न कैंद सजाय पाएलाई कैद मिनाहा गर्ने परम्परा रहँदै आएको छ । यसैलाई आधार बनाएर सरकारले ७० औं प्रजातन्त्र दिवसको अवसरमा ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गर्ने भएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त परिमाणको कैंदीलाई माफी दिन लागेकी हुन् ।
बुधबारदेखि लागू हुने गरी ३२९ जनालाई कैद माफी गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।