May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

ओलीको फेरी मिर्गौला प्रत्यारोपण गरिने तयारी

ओलीको फेरी मिर्गौला प्रत्यारोपण गरिने तयारी

फागुन ०७, काठमाडौं ।
गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीको फेरी मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।
पछिल्लो समय हरेक शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गराइरहेका ओलीले डायलाइसिसबाट मात्र लामो समय मिर्गौलालाई बचाइराख्न असम्भव हुने भएपछि प्रत्यारोपणको तयारी गरिएको हो । प्रत्यारोपण यही फागुन भित्रै गरिने स्रोतले दावी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला भारतको नयाँदिल्लीमा १३ वर्षअघि प्रत्यारोपण गरिएको थियो ।
सोही प्रत्यारोपणको पूर्वतयारी स्वरुप मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओलीको मुटुको एन्जियोग्राफी गरिएको थियो ।