April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सुनको मूल्यमा नयाँ रेकर्ड, कट्यो ७७ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड, कट्यो ७७ हजार

०७ फागुन, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।आज छापावाला सुनको मूल्य ७७ हजार १ सयमा पुगेर नयाँ कीर्तिमान राखेको हो ।
मंगलबार प्रतितोला ७६ हजार ७ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले बुधबार ४ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ७६ हजार ८ सयमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको छ। अहिले अन्तर्रा्ष्ट्रिय बजारमै सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरेको छ।