नौ करोड लगानीमा एसके डेरी उद्योग सञ्चालन हुने

नौ करोड लगानीमा एसके डेरी उद्योग सञ्चालन हुने

०७ फागुन, काठमाडौं ।
नेपालगञ्जमा नौं करोड बराबर लागतमा डेरी उद्योग सञ्चालनमा आएको छ । नेपालगञ्ज स्थित वडा नं. २२ मा उक्त लगानी वरावरको एसके डेरी उद्योग स्थापना भएको हो । बाँकेको व्यावसायिक क्षेत्रमा सक्रिय रहेका सरोज पाण्डेले नेपालगञ्जको पुरैनीमा नौ करोड लगानीमा ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’ सञ्चालनमा ल्याएका हुन् ।
बाँकेका विभिन्न व्यावसायिक क्षेत्रमा सक्रिय रहेका पाण्डेले पश्चिममै ठूलो लगानीमा डेरी उद्योग सञ्चालनमा ल्याएका हुन । उक्त डेरी उद्योग एक कार्यक्रमका बिच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्धघाटन गरेका थिए ।
साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको उक्त डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका सञ्चालक पाण्डेले जनाएका छन् ।
दूधको गुणस्तरमा कुनै समस्या नआओस् भनेर उच्चस्तरीय मेसिनरी सामग्रीको प्रयोग गरी नेपालगञ्जमा गुणस्तरीय दुग्ध पदार्थ बिक्री गर्ने गरेको सञ्चालक पाण्डेको भनाई रहेको छ ।

एसके डेरी उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम लगाएयतका खाद्यबस्तु समेत उत्पादन गरिनेछ ।