May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

सिटिजन्स बैंकद्वारा विद्यालयलाई एक लाख रूपैयाँ सहयोग

सिटिजन्स बैंकद्वारा विद्यालयलाई एक लाख रूपैयाँ सहयोग

०७ फागुन, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट स्थित एक विद्यायलाई आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत नलगाड न. पा. ७, जाजरकोटमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई एक लाख रूपैयाँ सहयोग गरेको बैंकले जनाएको छ ।
विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिब १२०० जना विद्यार्थीका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो ।
उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवश्यक पूर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ ।
शुद्ध खानेपानीका पहुँचबाट निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरूको स्वास्थ्य अवस्थामा सुधार आउनुका साथै शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भइरहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल करिब पाँच लाख ग्राहकवर्गलाई ८९ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ इकाइहरूबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।