May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ बर्ष जेल चलानको आदेश

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ बर्ष जेल चलानको आदेश

०७ फागुन, काठमाण्डौ ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक लाई भ्रष्टाचारको आरोपमा सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधवार खारेज गरेसंगै उनलाई १७ वर्ष जेल चलान गरिएको हो ।
आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घूस लिएर माफी दिएका थिए ।
ली म्यूङ–बाकले सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति पदमा रहेर काम गरेका थिए । यसअघि उनलाई सन् २०१८ मा जेल हालिएको थियो ।
त्यतिबेला उनलाई १५ वर्षको जेल सजाय र १ करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिए पनि अदालतमा अपिल गरेपछि तारेखमा छाडिएको थियो ।
अदालतमा बुधवार भएको सुनुवाईका क्रममा अदालतले आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायश्चित नगरेको र जिम्मेवारी बोध समेत नगरेको ठहर गर्दै विगतको भन्दा बढी सजाय सुनाएको बताएको छ ।