May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

ट्राफिकले गर्यो सात महिनामा ८४ लाई १० हजार जरिवाना

ट्राफिकले गर्यो सात महिनामा ८४ लाई १० हजार जरिवाना

०७ फागुन, काठमाण्डौ ।
पछिल्लो समय न्यून जरिवाना रहेका कारण ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्या बढेको र त्यसले दुर्घटना समेत बढेको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै जरिवाना बापतको रकमलाई बढाएको छ । जसअनुसार, महानगरिय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार सात महिनामा ८४ लाई १० हजार जरिवाना गरेको छ ।

हालै चालकलाई सचेत बनाउने भन्दै दुई महिनायता ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरे ‘१० हजारसम्म जरिवाना गरिने’ लेखिएका सूचना बोर्ड उपत्यकाका विभिन्न सडकमा राखेको छ । यस्ता बोर्ड नागढुंगा–त्रिपुरेश्वर, माइतीघर–पुतलीसडक, माइतीघर–बानेश्वर–तीनकुने लगायत सडकमा देख्न सकिन्छ ।
विभागले सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लङ्घनको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म जरिवाना बढाएको जनाएको छ ।
महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट जरिवाना स्वरूप वार्षिक सरदर ३० करोड राजस्व संकलन गर्दै आएको छ ।


दुर्घटना तथा सडक नियमको उल्लङ्घनमा निगरानी बढाउनका लागि नेपाल प्रहरीले काठमाडौंमा एक हजार ७ सय सीसीटीभी क्यामेरा जडान गरेको छ । बढ्दो सवारीचापबाट हुनसक्ने दुर्घटना कम गर्न सीसीटीभी जडान गरेको हो ।