May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

महाशिवरात्रीः यस्तो छ ट्राफिक व्यवस्थापन तथा सुरक्षाको तयारी

महाशिवरात्रीः यस्तो छ ट्राफिक व्यवस्थापन तथा सुरक्षाको तयारी

०८ फागुन, काठमाण्डौ ।
भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो महाशिवरात्रि । यो भगवान शिवको प्रमुख पर्व हो । यो वर्षको शिवरात्री भोली परेको छ । यसैबिच पशुपति विकास कोषले शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
महाशिवरात्री पर्वमा पशुपति मन्दिरमा आउने दर्शनार्थीको आवतजावतलाई सहज र सुरक्षित बनाउन पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।
विभागका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुई पाङ्ग्रे र साना सवारीसाधनको लागि तिलगङ्गा र वाइसिएल मार्ग, नक्साल कालो पुल हुँदै आउने गाडीलाई सिफलचौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनलाई देव उद्यानस्थित कोषको कार्यालय पार्किङको व्यवस्था मिलाइएको छ ।


त्यस्तै तिलगङ्गा, गौशाला, मित्रपार्क र चावहिल भई चल्ने मालबाहक सवारी साधनलाई भने तिनकुने, सिनामङ्गल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइएको छ ।
शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि ५०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको र पशुपति क्षेत्रभित्र सवारी आवागमन निषेधि गरिने जनाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपीको कमान्डमा रहने गरी सुरक्षाकर्मी परिचालन गरिनेछ ।
विशेष सुरक्षा योजनाको प्रत्यक्ष निगरानी र सहजीकरण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्नेछ । सम्भावित सुरक्षा चुनौतीको निगरानीका लागि ठूलो संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।