May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सञ्चारमन्त्री बाँस्कोटाको अडियो बाहिरिएसँगै सामाजिक सञ्जाल तात्तीयो

सञ्चारमन्त्री बाँस्कोटाको अडियो बाहिरिएसँगै सामाजिक सञ्जाल तात्तीयो

०८ फागुन, काठमाण्डौ ।
नेपालीमा एक उखानै छ, “आसलाग्दो केटो जेठाजु पर्यो”। नेपाली राजनीतिमामा भएको पनि यस्तै नै छ । सबैभनदा चर्काे कुरा गर्ने र भ्रष्टाचार निमिट्यान्न पार्ने जस्ता कुरा गर्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटा यत्तिखेर आफैँ भ्रष्टाचारमा लिप्त भएको कुरा सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएसँगै बाँस्कोटा विवादमा मुछिएका हुन् ।
हिजो राती बाँस्कोटाको स्वीस कम्पनीका एजेन्टसंँग कमिसनको बार्गे्निङ गरेको अडियो टेप बाहिर आएको थियो ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटा बुधबार सुदुरपश्चिमको भ्रमणमा छन् । आज काठमाडौं फर्कने बित्तिकै प्रधानमन्त्रीले बालुवाटार बोलाएका छन् ।