June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सुनको मूल्यमा नँया किर्तिमान, तोलाको ८० हजार पुग्ने अनुमान

सुनको मूल्यमा नँया किर्तिमान, तोलाको ८० हजार पुग्ने अनुमान

०८ फागुन, काठमाण्डौ ।
चीनमा फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबार सुनको मूल्य नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।
छापावाला सुन प्रतितोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ । बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो।
यस्तै बिहीबार तेजावी सुन पनि प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ३०० रुपैयाँमा पुगेको छ भने चाँदीको भाउमा पनि बिहीबार वृद्धि भएको छ ।
बिहीबार चाँदी तोलामा ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
सुनको मूल्य अझ बढ्न सक्ने अन्तराष्ट्रिय विश्लेषकको अनुमान रहेको छ । विश्वबजारमा सुनको मूल्य प्रतिऔंश १७०० डलरसम्म पुग्ने अनुमान गरिएको छ । यदि त्यस्तो भयो भने नेपालमा सुनको मूल्य प्रतितोला ८० हजारभन्दा माथि जान सक्छ ।