May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

आफ्नी आमासँग जानुहोस् निःशुल्क हेर्नुहोस् “आमा”

आफ्नी आमासँग जानुहोस् निःशुल्क हेर्नुहोस् “आमा”

०८ फागुन, काठमाण्डौ ।
चलचित्र प्रदर्शन प्रचारताका चलचित्र निर्माण टिमले विभिन्न घोषणा तथा अफर ल्याउनृ गर्छन् । सोही ट्रेन्डलाई पछ्याउदै प्रदर्शनको संघारमा रहेको चलचित्र ‘आमा’ यूनिटले पनि यस्तै फरक घोषणा गरेको छ । “आमा” चलचित्र निर्माण टिमले काठमाडौंका केही सिनेमा घरमा आफ्नो आमासँग जाँदा निःशुल्क फिल्म हेर्न पाउने व्यवस्था गरेको छ । शुक्रबारबाट रिलिजको तयारीमा रहेको ‘आमा’ केहि दर्शकहरुले निशुल्क हेर्न पाउने भएका हुन् ।
यो व्यवस्था भने काठमाडौं उपत्यकाका केहि हलहरुमा मात्रै लागु हुने निर्माण टीमले जनाएको छ । काठमाण्डौको ‘जय नेपाल हल’मा पौने १२ बजे, ‘क्यूज हल’मा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निस्शुल्क चलचित्र हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले बताएका छन् ।
यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘आमा’ पशुपति प्रसाद’ जस्तो यादगार फिल्म दिएका दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।
यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन् ।