April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सुनसान बन्दै पर्यटकिय स्थल पोखरा

सुनसान बन्दै पर्यटकिय स्थल पोखरा

०८ फागुन, काठमाण्डौ ।
प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ हुने यस सिजनमा पनि सुनसान देखिन थालेको छ । चिनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण पोखरा सुनसान बनेको हो ।
यस सिजनमा पोखरामा ४० देखि ५० प्रतिशत पर्यटकको आगमन हुने गथ्र्यो । त्यसमध्ये पनि २५ प्रतिशतभन्दा बढी चिनियाँ पर्यटक हुने गर्दथे । तर, अहिले पर्यटक नै न्यून रहेको अवस्था छ भने अधिकांश पर्यटकले लिईसकेको टिकट पनि रद्द गर्न थालेका छन् । अहिले चिनियाँ मात्र होइन, अन्य देशका पर्यटकले पनि धमाधम बुकिङ रद्द गरेका छन् । यसको सोझै असर पर्यटन वर्ष २०२० तथा नेपालको अर्थतन्त्रलाई पर्ने देखिन्छ ।
कोरोना भाइरसलाई ध्यानमा राखेर पोखरा विमानस्थलबाट भित्रिने पर्यटकको चेकजाँचका लागि विमानस्थलमै हेल्थडेस्क स्थापना गरिएको छ । विमानस्थलमा स्वास्थ्य परीक्षण गर्न आवश्यक उपकरणसहित दुईजना स्वास्थ्यकर्मी खटाइएको छ ।
यति हुँदा हुँदै पनि कोरोनाको त्रासले पोखरा घुम्न आउने पर्यटकको सँख्या ह्वात्तै घटेको छ । पोखरा घुम्न आएकामध्ये अधिकांश पर्यटक बसाइ छोट्याएर फर्किसकेका छन् ।
गतवर्ष (सन् २०१९ मा) ११ लाख ९७ हजार विदेशी पर्यटक नेपाल घुम्न आएकामा चिनियाँ पर्यटकको संख्या १ लाख ६८ हजार थियो । नेपाल आउने पर्यटकमध्ये पोखरा क्षेत्रमा करीब ४५ प्रतिशत जाने गरेको पाइन्छ ।