May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

अन्तर्राष्ट्रिय विमानस्थलमा रोवोटबाट पर्यटकको सेवा

अन्तर्राष्ट्रिय विमानस्थलमा रोवोटबाट पर्यटकको सेवा

फाल्गुन ८, काठमाडौँ ।
नेपालमा पहिलो पल्ट रोवोट मार्फत सेवा दिन थालिएको छ । ‘पर्यटन परी’ नाम दिइएको दुई वटा रोबोटहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोटमार्फत यात्रुलाई सेवा दिन थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार एक कार्यक्रमबीच रोबोट सेवाको उद्धघाटन गरेका छन् । उत्त रोवर्टले विमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् । रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ । यस्ता रोबोटमा सेट गरिए अनुसारका सूचना टच स्क्रिन मार्फत उपलब्ध गराउनेछन् ।
रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रियालगायतका विषयमा जानकारी गराउनेछन् । रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो । प्रतिरोबोट २० लाख रुपैयाँ लागत रहको मन्त्रालयले जनाएको छ ।