सनराइज बैंकको सरल एसएमई कर्जा

सनराइज बैंकको सरल एसएमई कर्जा

११ फागुन, काठमाण्डौ ।
सनराईज बैंक लिमिटेडले सरल एसएमई कर्जा सञ्चालनमा ल्याएको छ । पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न नसकेको साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउन सरल कर्जा ल्याएको बैँकले जनाएको छ ।
उक्त व्यवस्था अनुसार अब कर्जा लिन बैँक धाइरहने अवस्थाबाट मुक्ती दिँदै आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको खण्डमा २४ घण्टामै ग्राहकले कर्जा पाउने भएका छन् । यस व्यवस्था अन्र्तगत ग्राहकले रु. एक करोड सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा बैंकको देशभर फैलिएका १३० शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।