April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

एनएमबी बैंकको २ नयाँ खाता सञ्चालनमा

एनएमबी बैंकको २ नयाँ खाता सञ्चालनमा

११ फागुन, काठमाण्डौ ।
एनएमबी बैंकले थप नयाँ दुई ओटा खाता सञ्चालनमा ल्याएको छ । जस अन्र्तगत शून्य मौज्दातमै खाता खोल्न सकिने गरी ‘एनएमबी तलब खाता’ र ‘एनएमबी सुपर तलब खाता’ रहेका छन् ।
यस योजना अनुसार खातावालहरुलाई रु १८ लाख सम्मको कुल बिमा सुविधा समेत बैंकले उपलब्ध गर्ने भएको छ । बैंकले ’एनएमबी प्रिमियम तलबखाता’मा ग्राहकहरुलाई रु १० लाखसम्मको दुर्घटना मृत्यु बिमा, १८ प्रकारका घातक रोगहरुका लागि रु ५ लाखसम्मको बिमा सुविधा प्रदान गर्ने भएको छ ।
एनएमबी प्रिमियम सुपर तलबखाता’ अन्र्तगत ग्राहकहरुले रु. १० लाख सम्मको दुर्घटना मृत्यू बिमा, १८ प्रकारका घातक रोगहरुका लागि रु ७ लाखसम्म बिमा र रु १ लाखसम्मको स्वास्थ्य उपचार बिमा सेवा पाउनेछन् ।