June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एनआरएन लघुवित्तको साधारण सभा फागुन १६मा

एनआरएन लघुवित्तको साधारण सभा फागुन १६मा

११ फागुन, काठमाण्डौ ।
एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो वार्षिक सााधारण सभाको लागि मिती र स्थान तय भएको छ । सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा फागुन १६ गते होटल साथी प्रालि, धनगढी, कैलालीमा बिहान ११ बजे शुरु हुने भएको छ ।
सभाको प्रस्तावमा एनआरएन लघुवित्तले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई गाभ्न मर्जर सम्बन्धि कार्यहरु अनुमोदन गर्ने, शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने रहेको छ ।
किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई गाभेपछि पूँजी संरचनामा परिवर्तन हुने हुँदा सो बमोजिम प्रबन्धपत्र र नियमावलीमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।