April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

धितोपत्र बजारमा आज हालसम्मकै ठूलो

धितोपत्र बजारमा आज हालसम्मकै ठूलो

धितोपत्र बजारमा आज हालसम्मकै ठूलो कारोबार भएको छ । बजार खुलेको दिन नेप्से परिसूचकमा उछाल आएसंगै कारोबार समेत साढे ३ अर्ब नाघेको छ । नेप्से ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ अंकमा पुगेको छ ।  आज ३० हजार ४ सय ५६ कारोबारबाट ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँ बराबरका ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर किनबेच भए । आजको कारोबार रकम र कारोबार संख्या हालसम्मकै उच्च हो । सबै कम्पनी समुहको उपसूचकमा सुधार आएपछि समग्र बजार प्रभावित बनेको हो ।