April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

पर्यटकीय स्थल बन्दै शिवपुरी धाम

पर्यटकीय स्थल बन्दै शिवपुरी धाम

११ फागुन, काठमाण्डौ ।
शिवपुरी वनसँगै जोडिएको आठ बिघा क्षेत्रमा फैलिएको शिवपुरी धाम सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय स्थल बनेको छ । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीमा अवस्थित शिवपुरी धाम धार्मिक दृष्टिले तथा भौतिक रूपमा पनि सुन्दर र रमणीय छ ।
यहाँ दक्षिण एसियाकै सबैभन्दा अग्लो १ सय ८ फिट ज्योतिर्लिंग स्थापना गरिएको छ । त्यहि आकर्षणको कारण यहाँ पूजाआजासँगै धाम अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक शिवपुरीमा धाममा पुग्ने गरेकाछन् ।
विशेष त यहाँ महाशिवरात्रिमा विशेष मेला लाग्ने गरेको छ । शिवरात्रिको अवसरमा हजारौं भक्तजनको घुइँचो लाग्ने गरेको गर्दछ । दक्षिण एशियाकै अग्लो ज्योतिर्लिंग, १ सय ८ तुलसी मठ, १ सय ८ गौमुखी धारा र नेपाल माताको मन्दिर लगायत अन्य थुप्रै धार्मिक आस्थाको धरोहर भएकाले धनगढी पुगेर यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गर्न चाहनेको पहिलो रोजाइ धाम बन्ने गरेको छ । यस क्षेत्रको अझ प्रचार गर्न सके नजिकै रहेको भारतका धार्मिक पर्यटक पनि यहाँ भित्र्याउन सकिने स्थानीयको भनाई रहेको छ ।
धामको धार्मिक पर्यटन विकास र पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न हरेक वर्ष महायज्ञ हुँदै आएको छ । धनगढीमा शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबालगायत बजारनजिक पर्ने पर्यटकीय क्षेत्रलाई जोडेर नगरको पर्यटन करिडोर निर्माण गर्न सकिने पर्यटन व्यवसायी बताउँछन् ।