April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

हिमालयन बैंक द्वारा आफ्ना सेयरधनिलाई बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित

हिमालयन बैंक द्वारा आफ्ना सेयरधनिलाई बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित

फागुन ११, काठमाण्डौ ।
हिमालयन बैंक लिमिटेडले आफना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त लाभांस बैंकको बुधबार सम्पन्न सत्ताइसौं वार्षिक साधारणसभाले प्रस्ताव गरेको हो । यो बोनस सेयर पछी बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ रुपैयाँ पुग्ने भएको छ ।
उक्त सभामा हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पदमा चयन भएका छन् । जसमा प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसीप्रसाद गौतम, सुनीलबहादुर थापा र आशिष शर्मा रहेका छन् ।