May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

आज शेर्ष समुदायको ग्याल्बो ल्होसार, बराह वर्ष सकिएर मुसा वर्ष सुरु

आज शेर्ष समुदायको ग्याल्बो ल्होसार, बराह वर्ष सकिएर मुसा वर्ष सुरु

फागुन १२, काठमाण्डौ ।

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ । सोही अनुसार आज बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष सुरु हुने छ ।
ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्बो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समयक्रममा ग्याल्बो ल्होसार नामकरण भएको होे । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।