April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

चुरोटको ठुटोबाट सल्कियो सिंहदरबार भित्र आगो

चुरोटको ठुटोबाट सल्कियो सिंहदरबार भित्र आगो

१२ फागुन, काठमाण्डौ ।
धुम्रपान हरेक मान्छेको लागि हानिकारक हुन्छ । दिनको एक खिल्लीमात्र चुरोट पिउने मानिसहरूमा कहिल्यै चुरोट सेवन नगर्ने मानिस भन्दा मुटु रोग लाग्ने सम्भावना ५० प्रतिशत बढी हुने र ३० प्रतिशत बढी पक्षघातको सम्भावना हुने अनुसन्धानकर्ताहरू बताउँछन् ।तर रोगको जोखिम थाहा हुदा हुदै पनि मानिसहरु धुम्रपान गर्न छोड्दैनन् । धुम्रपान गरेर चुरोटको ठुटो ननिभायँदा हिजो आईतबार साँझ सिहंदरबार भित्र आगलागी भएको छ । ननिभेका चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो ।
लिभिजन नजिक हुलाक सेवा विभागको भवनको भ¥याङतर्फको सिरानतलामा आगलागी भएको हो । साँझ ७ः२५ बजे सुरु भएको आगलागी ७ः५० नियन्त्रणमा आएको थियो । आगलागी बाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । मानवीय क्षति भने नभएको बताईएको छ ।