भारतको सबैभन्दा धेरै व्यापार हुने मुलुक बन्यो अमेरिका

भारतको सबैभन्दा धेरै व्यापार हुने मुलुक बन्यो अमेरिका

१२ फागुन, काठमाण्डौ ।
अमेरिका भारतको सबैभन्दा धेरै व्यापार हुने मुलुक बन्न सफल भएको छ । भारतको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१८र१९ मा अमेरिका र भारतको बीचमा ८८ अर्ब डलरको व्यापार भएको थियो जबकि, चीनसँग भने ८७ अर्ब १० करोड डलरको व्यापार भएको थियो । सो तथ्यांकले चिनभन्दा बढि अमेरिकाले भनरतसँग व्यापार गरेको देखाएको हो ।
त्यस्तै, आर्थिक वर्ष २०१९र२० को अप्रिलदेखि डिसेम्बरसम्ममा पनि अमेरिका भारतको सबैभन्दा धेरै व्यापार हुने मुलुक बनेको छ । यो अवधिमा अमेरिकासँग भारतको व्यापार ६८ अर्ब डलरमा पुगेको छ । जबकी सोही अवधिमा चीनसँगको व्यापार भने ६५ अर्ब डलर मात्र छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउनुअघि यस्तो समाचार सार्वजनिक भएको हो । आज सोमवार अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउँदैछन् । एजेन्सी ।