May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

प्रतितोला ८० हजार नाघ्यो सुनको मूल्य, अहिले सम्मकै उच्च

प्रतितोला ८० हजार नाघ्यो सुनको मूल्य, अहिले सम्मकै उच्च

१२ फागुन, काठमाण्डौ ।
नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य प्रतितोला रू. ८० हजार नाघेको छ ।यो अहिलेसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाला सुनको मूल्य सोमवार तोलामा रू.१ हजार ५०० बढेर रू.८० हजार ३०० पुगेको छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ ।
तेजावी सुनको मूल्य आइतवार प्रतितोला रू.७८ हजार ५०० रहेको थियो । आइतबारको तुलनामा सुनको मूल्य प्रतितोलामा १५ सयले बढेको हो ।
चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा मूल्य आकासिएको सुन व्यावसायीहरुले बताएका छन् ।