May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

दर्शक रुवाउदै, समाजको यथार्थ केलाउँदै ‘आमा ’

दर्शक रुवाउदै, समाजको यथार्थ केलाउँदै ‘आमा ’

१२ फागुन, काठमाण्डौ ।
आमा र छोरीको भावनात्मक सम्बन्ध, नेपाली समाजको क्रुर यर्थाथ बोकेको वैदेशिक रोजगार, आमाको सन्तानप्रतिको त्याग अनि आमाप्रति सन्तानको प्रेम तथा मानवीयता लोप हुँदै गएको हाम्रो सामाजिक परिवेशको कठोर चित्रण गरिएको नेपाली चलचित्र आमामा फिल्मकर्मीले दृश्यचित्र मार्फत् लाखौ दर्शकलाई समाजको यथार्थसहित दर्शकको मन जित्न सफल भएका छन् ।
गत शुक्रबार देखि प्रर्दशनीमा आएको उक्त चलचित्र ‘आमा’ ले प्रदर्शनको प्रर्दशनको पहिलो दिन देशभर गरि ५४ लाख ग्रस कलेक्सन गर्न सफल भएको थियो भने आईतबार बिहान सम्मकको आँकडा हेर्दा ७ लाख भन्दा बढी दर्शकले सो फिल्म हेरिसकेका छन् ।


शुक्रवार मल्टीप्लेक्समा ६० प्रतिशत र सिंगल थिएटरमा ४५ प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्म शनिवार र आईतबार पनि बिहानैदेखि देशभर हाउसफुल रहेको वितरकले जनाएका छन् ।
झट्ट हेर्दा ‘आमा’मा केही छैन। किनभने यसमा न सर्वगुण सम्पन्न वलशाली ‘हिरो’ छ, न खुंखार भिलेन। चमकधमक पनि छैन। अझ रोमान्स, कमेडी, एक्सन, आइटम गीतजस्ता मसला त छँदैछैन। तर पनि ‘आमा’ले दर्शकलाई बाँधिराख्छ। त्यसको कारण हो, पात्रमार्फत निर्देशकले स्थापित गर्ने कारुण चित्र।
वर्ड अफ माउथ निकै राम्रो भएकाले चलचित्र लामो समय सम्म हलमा रहने देखिएको छ । चलचित्रको कथावस्तु, प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन् । यहीकारणले पनि यो चलचित्रलाई वर्ड अफ माउथले साथ दिने अपेक्षा गरिएको छ ।
दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय र प्रस्तुतीको प्रशंसा गरेका छन् । चलचित्र ‘आमा’ हेरेपछि दर्शकले निर्देशक दीपेन्द्र के. खनाललाई दर्शक रुवाउने लाइसेन्स प्राप्त निर्देशनको ट्याग दिएका छन् ।
फिल्ममा सुरक्षाका अलावा मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ ।