तनाव झेल्न नसकेर मन्त्रीमण्डल फेरी पूर्नगठन गर्दै प्रधानमन्त्री

तनाव झेल्न नसकेर मन्त्रीमण्डल फेरी पूर्नगठन गर्दै प्रधानमन्त्री

१२ फागुन, काठमाण्डौ
सरकार सञ्चालन भएको २ वर्षमा पनि कुनै सफलताको स्वाद चखाउन नसकेको समय एकाएक मन्त्रीहरु विभिन्न आरोप लागेर राजिनामा दिनुपर्ने अवस्था आएपछी प्रधानमन्त्रीले नयाँ विकल्प स्वरुप चौथो पटक मन्त्रिमण्डल पूर्नगठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।
आफ्ना विश्वासपात्र गोँकुल बास्कोटा समेत भ्रष्टाचार मुद्दामा मन्त्रीमण्डलबाट बाहिरिएपछी उनी नयाँ विकल्प स्वरुप यही फागुनभित्र नै मन्त्रीमण्डल पूर्नगठनको तयारीमा लागेका हुन् ।
हाल सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजिनामा पछि उनको पदभार अर्थमन्त्री युवराज खतिवडाले सम्हालेका छन् ।
अर्थमन्त्रीले सञ्चारमन्त्रीको पदभार सम्हालेर काम गरेको नेपालको इतिहासमा यो नै पहिलो पटक हो ।
यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए ।