पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाइयो

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाइयो

१२ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखारमा कालोझण्डा देखाइएको छ । प्रधानमन्त्री नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधनका लागि पोखरा पुगेका थिए ।


कालोझण्डा देखाउने समाजवादी पार्टीका कार्यकर्ता रहेको र ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।


पछिल्लो समय प्रधानमन्त्री केही विषयलाई लिएर आलोचित बन्दै आएकाछन् । बामदेव गौतमलाई संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन लागिएको भन्दै आलोचित बनेका ओली हिजोमात्र जन्मदिनमा देशको नक्सा आकारको केक बनाएर काटेपछि उनको ब्यापक आलोचना भईरहेको छ ।