May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

पोखरामा प्याराग्लाइडिङको विश्वकप सुरू,२० देशका प्रतियोगि सहभागी

पोखरामा प्याराग्लाइडिङको विश्वकप सुरू,२० देशका प्रतियोगि सहभागी

१२ फागुन, काठमाण्डौ ।
नेपाल हवाइ खेलकुद संस्था को आयोजनामा पोखरामा प्याराग्लाइडिङको विश्वकप सुरू भएको छ । आइतवार देखि सुरु भएको सो प्रतियोगीतामा २० देशका प्रतियोगिले भाग लिएका छन् ।
विश्वकपमा फेडेरेसन अफ एरोनोटिक इन्टरनेशनल (एफएआइ)बाट मान्यता प्राप्त पाइलटले मात्र सो प्रतियोगितामा भाग लिन पाउने व्यवस्था छ । जसमा २० देशका ९० जनाले क्रसकन्ट्रीमा १ साता प्रतिस्पर्धा गर्नेछन् ।
पोखरामा पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा पहिलो दिन आइतवार पाइलटहरूलाई उडान र अवतरणका लागि प्रशिक्षणमा सहभागी गराइयो भने सोमवारदेखि प्रतिस्पर्धा सुरू भएको छ ।
प्रत्येक दिन फरक–फरक टास्क हुने र मौसमले टास्कको दूरी तय गरिने आयोजकको भनाई रहेको छ ।
निरन्तर २ वर्षसम्म प्रि–वल्र्डकप आयोजनापछि एफएआइले विश्वकपको लागि स्वीकृति प्रदान गरेको हो । प्रतियोगितामा नेपाल सहित भारत, अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, इरान, चेकोस्लोभाकिया, स्वीट्जरल्यान्ड अष्ट्रिया लगायतका पाइलटले भाग लिएका छन् ।
विश्वकपमा १५ जना नेपाली पाइलटले पनि प्रतिस्पर्धा गर्दैछन् भने कोरोना भाइरसको प्रभावका कारण चीन सहित अन्य केही देशका प्रतियोगीले भाग नलिने जानकारी दिएको आयोजकको भनाइ छ ।