April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

प्रियंका र आयुष्मानको विवाहको मिति फेरी सारियो

प्रियंका र आयुष्मानको विवाहको मिति फेरी सारियो


फागुन १२, काठमाडौं ।
दुई पटकनै इन्गेजमेन्ट गरिसकेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवहको साइत फेरी सरेको छ । यस अगाडि पनि पटक पटक विवाह गर्ने हल्ला चलाएपनि उनीहरुको विवाह इन्गेजमेन्ट भएको लामो समय सम्म हुन सकेको छैन् । यो
नवजोडीले आफैनै विवाहको मिति फागुन १७ गते तय गरेको भएपनि ज्योतिषले उक्त मिति दुई दिन सार्दै फागुन १५ लाई तय गरिदिएका छन् । ज्योतिषले मिति सारेपनि किन सारेको त्यो गोप्य राखिएको छ । ज्योतिषले उनीहरुको विवाहको साइत दुई दिन अगाडि नै जुराएपछि दुबैलाई यतिखेर फराद परेको छ । विवाह गर्ने समय नजिकिदै गर्दा उनीहरुको विवाह फेरी पनि हुने हो होइन संकाको घेरामा परेको छ ।
ज्योतिषले दुई दिनअघिकै साइत शुभ हुने बताएपछि उनिहरुले निर्धारित मितिभन्दा दुई दिनअघि नै विवाह गर्ने निर्णय गरेका त छन्, तर आफैले जुराएको साइतमा नभएपछि दुबैको मन भने खिन्न भएको उनीहरु निकट बताउँछन् । यस्ले उनीहरुको विवाह फेरी पनि शंकको घेरामा परेको छ ।
उनीहरुको यस अगाडि पनि विवाह गर्ने भन्दै पटक पटक विवाह सार्दे आएको थिए । योपल्ट पनि उनीहरुको विवाह मिति सरेको हो या त ज्योतिषको भनाइ भन्दै सार्न खोजिएको हो त्यो अन्योलमा नै छ ।
आयुष्मानसँग विवाह बन्धनमा बाधिन लागेकी प्रियंकाले इन्स्टाग्राममार्फत आफ्नो विवाहको मिति सार्वजनिक गरेकी हुन् ।
यो जोडीले विवाहअघि नै ललितपुरको भैंसेपाटीमा घरसमेत किनिसकेको छ । यतिबेला उनीहरू त्यही घर सजाउन लागिपरेका छन । विवाह गर्नेकै लागि प्रियंकाले अहिले कुनै पनि चलचित्र साइन गरेकी छैनन । आगामी चैतदेखि मात्र आफू पुनः अभिनयमा फर्किने उनको भनाई छ । उनीहरुको विवाह हुने हो की फेरी सर्ने हो त्यो भने समयले बताउँला ।