May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

मिस नेपाल २०२० लागि आबेदन फर्म खुल्ला

मिस नेपाल २०२० लागि आबेदन फर्म खुल्ला

१३ फागुन, काठमाण्डौ ।
प्रत्येक वर्ष जस्तै यस वर्ष पनि मिस नेपाल २०२० का लागि अनलाइन आवेदन फाराम खुलेको छ । आवेदन फर्म मिस नेपालको वेवसाइटमा गएर निशुल्क भर्न सकिने आयोजक हिडन टेजरले सोमबार राजधानीमा आयोजीत औपचारिक कार्यक्रममा जानकारी दिएको छ ।
सोमबारबाट खुल्ला गरिएको मिस नेपालको आवोदन मार्च २७ गतेसम्म भर्न सकिनेछ । मिस नेपाल अडिसन धनगडी, नेपालगंज, बुटवल, पोखरा, चितवन, विरगंज, धरान, विर्तामोड र काठमाडौंमा गरि ९ सहरमा हुने हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिको भनाई रहेको छ ।
प्रतियोगितामा सहभागी हुने युवतीहरू, नेपाली नागरिकता र पासपोर्ट भएको अविवाहित हुनु पर्नेछ । १८ वर्षदेखि २६ वर्षसम्म अबिबाहित युवति हुनुपर्ने छ । कम्तीमा ५.४ इन्च उचाइ भएका र प्लस टु पास गरेकाले आवेदन दिन सक्नेछन् ।
यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेश्नल गरि चारओटा वटा मात्रै विधा समावेश हुनेछ । २०२० मे १५ मा प्रतियोगिताको फाइनल गरिने छ । यस वर्षको मिस नेपाल विजेतालाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।