May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

कर्णाली नदीमा जिप खस्यो

कर्णाली नदीमा जिप खस्यो

१३ फागुन, काठमाण्डौ ।
कर्णाली नदीमा जिप खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरीनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा जिप खसेको हो ।
रासकोटबाट जितेगडा यात्रु लिएर आउदै गर्दा लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको हो ।
जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको र जिपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।