लगातार बढीराखेको सुनको मूल्य घट्यो

लगातार बढीराखेको सुनको मूल्य घट्यो

१३ फागुन, काठमाण्डौ ।
एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाउँदै गएर हिजो प्रतितोला ८० हजार ३०० पुगेको सुनको मूल्य आज भने केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए अनुसार छापावाल सुनको मूल्य आज मंगलबार ८० हजारमा कारोवार भएको छ जुन हिजो ८० हजार ३०० मा कारोवार भएको थियो ।
यसैगरी तेजावी सुन तोलामा ७९ हजारमा ७०० मा कारोवार भएको छ । हिजो तेजावी सुन ८० हजारमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।