चलचित्र ‘सेन्टि भाईरस ’ को कलेक्सन २ करोड बढी

चलचित्र ‘सेन्टि भाईरस ’ को कलेक्सन  २ करोड बढी

१३ फागुन, काठमाण्डौ ।
यस वषर््ा बनेका उत्कृष्ट चलचित्र मध्ये ‘सेन्टि भाईरस ’ ले बक्स अफिसमा आशलाग्दो उपस्थिति देखाएको छ । शुक्रबार देखि प्रर्दशनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ले दुई दिनमा २ करोड भन्दा बढीको व्यापार गरेको छ ।
गौतम वुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ बनाईएको चलचित्र ‘सेन्टिभाईरस’ रामबाबु गुरुङ ले निर्देशन गरेका हुन् । उक्त चलचित्रले शुक्रबार मोफसलबाट ५३ लाख र उपत्यकाबाट ५९ लाख रुपैयाँ गरी कुल एक करोड १२ लाख कलेक्सन गरेको वितरकले जनाएका छन् । त्यस्तै शनिबार भने १ करोड ३५ लाख कमाई गरेको थियो ।


शनिबार फिल्मका प्रमुख कलाकार ‘धुर्मुस–सुन्तली’ राजधानीका हलहरूमा पुगेका थिए। उनीहरू हलमा पुग्दा दर्शकले ‘सेन्टी भाइरसकी जय’को नारा लगाएका थिए ।


फिल्ममा ‘धुर्मुस सुन्तली’का साथमा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतको अभिनय रहेको छ । चलचित्रको कथा कुमार कट्टेल (जिग्री) र दीपक आचार्यले लेखेका हुन् ।
कलाकारिता हुँदै सामाजिक कार्यमा होमिएको हास्यजोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले यो चलचित्रबाट फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्चिने घोषणा गरेका छन् ।