June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

संघीय संसद सचिवालयले सूचना निकालेर तोक्यो नवनिर्वा्चित सदस्यको सपथ

संघीय संसद सचिवालयले सूचना निकालेर तोक्यो नवनिर्वा्चित सदस्यको सपथ

१३ फागुन, काठमाण्डौ ।
संघीय संसद सचिवालयले अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै राष्ट्रियसभाका नवनिर्वा्चित सदस्यहरुको सपथग्रहणको मिति र समय तोकेको छ । जसअनुसार, राष्ट्रियसभा सदस्यहरुको सपथ फागुन २१ गते विहान ११ बजे हुने भएको छ ।
नवनिर्वा्चित सदस्यहरुलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाद्वारा सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
फागुन २० गते पहिलो दुई वर्ष कार्यकाल तोकिएका १९ जना राष्ट्रियसभा सदस्यबाट विदा हुनेछन् । उनीहरुको ठाउँमा २१ गते सपथ लिएपछि नयाँ सदस्यहरु प्रवेश गर्नेछन् ।