ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

ट्रयाक्टर दुर्घटना हुँदा नौ जना घाइते

१३ फागुन, काठमाण्डौ ।
बाजुराको गौमुल गाउँपालिकामा मंगलबार दिउँसो ट्रयाक्टर दुर्घटना भएको छ । ट्रयाक्टर दुर्घटनामा परी चालक सहित ९ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ ।
गौमुल गाउँपालिकाका ६ स्थित निलासेनबाट गाउँपालिकाको केन्द्र घट्मुनातर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बरको ट्रयाक्टर सिमधारा स्थित ग्रामीण कच्ची सडकभन्दा करिब एक सय मिटर तल खसेको हो ।
घाइते हुनेमा गौमुल गाउँपालिका ६ का ट्रयाक्टर चालक प्रकाश रोकाया, सोही गाउँपालिका ४ कौणाकोट बस्ने तुला बुढा,सोही वडाकै अनुप रोकाया, भुवन बुढा, स्मृती सार्की, सुर्मा सार्की, सरिता सार्की, र सोही गाउँपालिका ५ मानाकोटका दिपक रोकाया रहेको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर दुर्घटनामा परेका ८ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने ट्रयाक्टर चालक प्रकाश रोकायालाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।