दुई सुन भरिया पक्राउ
- वाणिज्य न्युज
- १३ फाल्गुन २०७६
83
SHARES
फागुन १३, जनकपुर ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले दुईजनालाई सुन भरिया पक्राउ गरेको छ । झण्डै साढे पन्द्र लाख मुल्य बराबरको सुनको टुक्रा सहित दुईजना पक्राउ गरेको हो ।
लहान नगरपालिका वडा नं. १९ छर्रापट्टीका २४ वर्षीय मोहम्द मोतिउल रहमान र २१ वर्षीय मोहम्द मुर्तुजालाई सुनको ४ वटा चेप्टे टुक्रा सहित पक्राउ गरेको हो ।
मंगलवार दुवैजनालाई लहान नगरपालिका वडा नं. १९ छर्रापट्टीबाट १५ लाख ५८ हजार ७९ रुपैया मुल्य बराबरको २ सय ३३ ग्राम सुन सहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्