हुरीबताससहित चट्याङ र असिना पर्ने

हुरीबताससहित चट्याङ र असिना पर्ने

फागुन १४, काठमाण्डौ – बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बुधबार पश्चिमको मौसम खुले पनि मध्य र पूर्वका केही ठाउँमा भने चट्याङसहित पानी पर्ने सम्भावना मौसम पूर्वनुमान महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज बिहान मौसम खुलेर दिउँसो घाम लाग्छ तर बेलुकीतिर बदली भएर हुरीबताससहित चट्याङ र असिना पर्ने सम्भावना रहेको छ । सामान्यतया मार्च अर्थात् फागुनको मध्यदेखि तीन महिनासम्म प्रिमनसुन हो । केही दिनयता बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबताससहित चट्याङ पर्न थालेको छ । यस्ले आज पनि निरन्तरता पाउँने छ ।
अहिले बदली भएको काठमाण्डौको मौसम दिउँसो घाम लागे पनि बेलुकीतिर फेरि बदली भइ पानी पर्ने सम्भावना छ । बुधबार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् समिर श्रेष्ठले बताएका छन ।