May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

एनआईसी एशिया र नेपा हिमा ट्रेड लिंकबीच सम्झौता

एनआईसी एशिया र नेपा हिमा ट्रेड लिंकबीच सम्झौता

१४ फागुन, काठमाण्डौ ।
एनआईसी एशिया बैंक र नेपा हिमा ट्रेड लिंकबीच सम्झौता भएको छ । हिमा ट्रेड लिंकले बैंकका ग्राहकलाई सोनी टीभी खरीदमा छूट दिनेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार ग्रहाकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट बैंकको पीओएस र क्यूआर कोड प्रयोग गरि सोनी ब्राभियाका ६ ओटा विभिन्न मोडलका टीभी खरीद गर्दा १० प्रतिशत छूट पाउने छन् ।
उक्त योजना फागु १२ गते देखि फागुन २९ गतेसम्म लागू हुने बैंकको भनाइ छ ।
सो सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कम्पनीका कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका थिए ।