April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नाम चलेका तीन सिमेन्ट कम्पनी कारबाहीमाः कारबाहीमा पर्नुको कारण रहेछ यस्तो

नाम चलेका तीन सिमेन्ट कम्पनी कारबाहीमाः कारबाहीमा पर्नुको कारण रहेछ यस्तो

१४ फागुन, काठमाण्डौ ।
शालीमार सहित तिनवटा सिमेन्ट उद्योगको उत्पादन गुणस्तरमा चरम लापरवाही गरेको पुष्टि भएसँगै नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । बजारमा बिक्रीका लागि ठिक्क पारिएका मिसेन्ट र रडहरु परीक्षण गर्दा गुणस्तरहीन भएको पुष्टि भएपछि गुणस्तर विभागले उत्पादन इजाजत नै रद्द र स्थगित गरिदिएको छ । विभागले नेपाल शालिमार सिमेन्ट, रिलाइस सुपरटेक सिमेन्ट, एमजेप्पी सिमेन्ट र असोक स्टिल उद्योगलाई कारबाही गरेको हो ।
शालीमार सिमेन्टको पिपीसी सिमेन्ट गुणस्तरहीन भएको पुष्टि भएको छ । उक्त सिमेन्ट परिक्षण गर्न तीन दिन लागेको थियो । नेपाल शालिमार सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्ज्थ १५ एमपीए र नेपाल गुणस्तर ३८५ अनु्रूप नभएपछि शालिमारको इजाजतपत्र रद्द गरिएको छ ।
यसैगरी, बारामा नै रहेको रिलाइस सुपरटेक सिमेन्टको पनि नेपाल गुणस्तरअनुरूप नभएपछि इजाजतपत्र रद्द गरिएको छ । कपिलवस्तुमा रहेको एमजेप्पी सिमेन्टको पनि नेपाल गुणस्तर ३८५ अनुरूप नपाइएको विभागले जनाएको छ ।
सिमेनट गुणस्तर नभएपछि विभागले गुणस्तर नियमावली २०४० को नियम १६ अनुसार इजाजतपत्र स्थगन गरेको हो । बिभागले बजार अनुगमन गरेर संकलित नमुनाको गुणस्तर परीक्षण गर्दा मापदण्डअनुसार नपाइएपछि कारबाही गरेको हो ।