हुने भयो दोलखा महोत्सव ,१५० भन्दा बढी विक्री कक्ष रहने

हुने भयो दोलखा महोत्सव ,१५० भन्दा बढी विक्री कक्ष रहने

१४ फागुन, काठमाण्डौ ।
दोलखाको सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा फागुन २१ गते देखि महोत्सव हुने भएको छ । जिल्लालाई आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक रूपमा मजबुत बनाउने उद्देश्यका साथ दोलखा उद्योग वाणिज्य संद्यले उक्त महोत्सवको आयोजना गरेको हो ।
दोलखामा पहिलोपटक आयोजना गरिएको उक्त महोत्सवमा जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गरिने आयोजकको भनाई रहेको छ । जिल्लामा बढीभन्दा बढी लगानीकर्ता भित्र्याई रोजगारी सिर्जना गर्ने उद्देश्यले राखिएको महोत्सवमा १५० भन्दाबढी विक्रीकक्ष राखिनेछन् ।
फागुन ३० गतेसम्म सञ्चालन हुने महोत्सवमा हेलिकप्टरमार्फत दृष्र्यावलोकन, लाखेनाच प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, दोलखा फोटो प्रदर्शनी आदीे मुख्य आकर्षक रहनेछन् ।
महोत्वसमा रू. एक करोड ५० लाख खर्च हुने र ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।