April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

कुलमान घिसिङबिरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउने तयारी

कुलमान घिसिङबिरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउने तयारी

१४ फागुन, काठमाण्डौ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिरुद्ध मुद्दा चलाउने तयारी शुरु भएको छ । संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व निर्देशक मुकेश काफ्लेसहित सञ्चालक समितिका पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
उपसमितिले प्राधिकरणका पदाधिकारीविरुद्ध ९ अर्ब घोटला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन सिफारिस गरेको हो।
उपसमितिले प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरु बोलाएर पटक–पटक सोधपुछ गरेको थियो । स्रोतका अनुसार घिसिङले लेखा समितिको बैठकमा समेत आफूले इमानदारिताका साथ बक्यौता उठाउने कोसिस गरिरहेको बताएका थिए।