June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय

१४ फागुन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।आज बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो ।

गौतमले यसअघि संविधान संशोधन गरेर राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री हुन मिल्ने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।
२०७४ सालमा निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएका गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्यमा मनोनित गराउन लागेको हो । सचिवालयको निर्णयपछि नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सदस्यमा मनोनित गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
उनी बर्दिया १ मा कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए ।