April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

बुधवार पनि नेप्सेमा नयाँ रेकर्ड, ४ अर्ब माथिको कारोवार

बुधवार पनि नेप्सेमा नयाँ रेकर्ड, ४ अर्ब माथिको कारोवार

फागुन १४, काठमाडौं ।
सेयर बजार परिसूचक नेप्सेको कारोबारमा बुधवार पनि नयाँ रेकर्ड कायम भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्यबाट बाहिरिने खबरसँगै उनको अर्थमन्त्री पद धरापमा परेको अड्कलबाजीले बजार चम्काएको अनुमानसँगै नयाँ रेकर्ड कायम भएको हो । बुधवार बजार हाल सम्मकै उच्च ४ अर्ब १५ करोड बराबरको शेयर किनबेच भएपछि नयाँ रेकर्ड कायम भएको हो । बजार परिसूचक पनि ५० दशमलव ९३ अंकले बढेको छ । यो सँगै नेप्से परिसूचकले १ हजार ५ सय ९६ विन्दु पार गरेको छ ।
साताको चार दिनमा नै नेप्से परिसूचक १ सय ६१ अंकले बढेको छ । आइतबार करिब ७० अंकले बढेको परिसूचक सोमबार स्थिरजस्तो देखिएको थियो । मंगलबार फेरि बजारमा ४३ अंकले बढोत्तरी आएको थियो । विश्लेषकहरुले लामो समय शिथिल बजारमा चमक आएसँगै बजारमा बुलिस टे«ण्ड शुरु भएको बताउँदै आएका छन् ।
बुधबार नेप्सेमा ९९ लाख ७ हजार कित्ता शेयर खरिद विक्री भएका छन् ।
कारोबारमा सबैभन्दा धेरै एभरेष्ट ब्यांकको संस्थापक, राष्ट्रिय बीमा कम्पनी तथा युनिलिभर नेपालका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् । बुधबार जीवन बीमा समूह ६.१२ प्रतिशत, ब्यांकिङ समूह ३.८६ प्रतिशत, होटल समूह ३.७७ प्रतिशत, उत्पादनमूलक समूह ४.६३ प्रतिशतले बढेका छन् । कारोबारमा सबै उपसूचक बढेका छन् ।