June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा

रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा

फागुन १५, काठमाडौं ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहिलो स्मृति दिवसमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ ।
बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुरस्कार घोषणा गरेका हुन् । घोषणामा पुरस्कारको कार्यविधी बनाएर पुरस्कार वितरण गरिने भएको छ ।
कार्यविधिलगायतको ढिलाइले यस वर्ष दिवंगत अधिकारीको जन्मदिन वैशाख २२ मा पुरस्कार वितरण गरिने छ । अर्को वर्षबाट भने अधिकारीको स्मृति दिवसकै दिन पुरस्कार बाँडिने भएको छ । पुरस्कार घोषणा गरेपनि त्यस्को राशी भने खुलाइएको छैन ।

यसैविच हिजै पोखरामा अधिकारीको शालिक निमार्ण गरिएको छ । तत्कालीन पर्यटनमन्त्री अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा महानगरपालिका- १८, जामुनाबोटमा राष्ट्रिय विभूति तथा सहिद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्वर्गीय अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित आन्तरिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमान, प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतले स्वर्गीय अधिकारीको योगदानको चर्चा गरे । कार्यक्रममा सहभागी वक्ताहरुले रवीन्द्रले छोडेका सपनाहरुलाई पूरा गर्नुपर्ने बताए । उनीहरुले अधिकारीको शालिकमा माल्यार्पणसमेत गरेका थिए ।


गत वर्ष आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमाननस्थल अवलोकनपछि फर्कंदै गरेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्रसहित नागरिक उड्डयन प्राधिकरका कर्मचारी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा सात जनाको निधन भएको थियो ।