June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना, पाँच घाइते

मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना, पाँच घाइते

काठमाडौं, फागुन १५ गते । 

 नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली सवार कार दुर्घटनामा परेको छ । मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई काठमाडौंबाट बर्दिबास आउँदै गरेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले रातु पुलमा ठक्कर दिएको थियो ।

दुर्घटनामा परेका पाँचैजनालाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको छ ।

स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । डिएसपी बुढाथोकीका अनुसार उहाँहरुको ग्राण्डी अस्पतालमा उपचार गरिनेछ ।

दुर्घटनामा परि मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । महोत्तरीबाट महासचिव मैनाली र उहाँका परिवारका सदस्यहरु काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो ।