हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिए

हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिए

फागुन १६, दमासकस ।
सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले बताएका छन् । उनका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन् ।
अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ । द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूह अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएका छन् ।
बीबीसीका अनुसार टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका छन् । त्यस तर्फअघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको छ । तर सिरिया सरकार र रुसले त्यस्तो मागलाई अस्वीकार गरिदिएका छन् ।
घटनापछि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन् । रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इड्लिब प्रान्त आफ्नो कब्जामा फिर्ता लिन चाहेका छन् । ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ ।