April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

वर्षाको कारण रौतहटमा १५ करोडको काँचो इँटा नष्ट

वर्षाको कारण रौतहटमा १५ करोडको काँचो इँटा नष्ट

फागुन १६,काठमाडौं ।
लगातार तिनदिन परेको बर्षाले गर्दा रौतहटको इटा उद्योगमा १५ करोड भन्दा बढीको क्षति भएको छ । बेमौसमी बषाले भट्टामा सुकाएर पोल्नकमे लागि तयार पारिएको ठुलो परिमाणको इँटा गलेर नष्ट गरिदिएको हो ।
वर्षासंगै परेको असिनाले जिल्लामा सञ्चालनमा रहेका १ सय ६१ ईटा उद्योगमा १५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएकोे इँटा उत्पादक व्यवसायी संघ रौतहटले जनाएको छ । २५ हजार जनालाई रोजगारी दिँदै आएको इँटा उद्योग अहिले पानीले सबै इँटा नष्ट गरिदिदा मारमा परेको छन् ।
अन्य व्यापार तथा उद्योगमा उत्पादनको बिमा गर्ने व्यवस्था हुने भएर व्यवसायीलाई यस्ता नोक्सानले खासै फरक नपर्ने हुन्छ तर काँचो इँटाको बिमा नहुँदा इँटा व्यापारीहरु ठुलो मर्कामा पर्ने गरेका हुन् ।
रौतहटमा १६१ इँटा उद्योगले राज्यलाई वार्षिक करीब १५ करोड रुपैयाँ भ्याट तथा करीब २५ लाख रुपैयाँ आयकर बुझाउँदै आएको उद्योगिहरु बताउछन् । तर हरेक वर्ष वर्षाले इँटामा क्षति र्पुयाउने गरे पनि कुनै पनि निकायबाट क्षतिपूर्ति पाउन नसकिएको उनिहरुको गुनासो रहेको छ ।
बैंकबाट ऋण लिएर उद्योग खोलेका उद्योगीलाई इँटा नष्ट भएपछि किस्ता तिर्न समेत समस्या भएकोले इँटा उद्योगमा आवश्यक कच्चापदार्थ सहज रूपमा उपलब्ध गराउन र करमा छूट दिन उद्योगीले माग गरेका छन् । यहाँ उत्पादित इँटा काठमाडौं, पोखरा, विराटनगर लगायत शहरसम्म पुग्ने गरेको छ ।