घर फर्कंदै क्वारेन्टाइनमा राखिएका नेपाली

घर फर्कंदै क्वारेन्टाइनमा राखिएका नेपाली

फागुन १७, काठमाडौ
सरकारले कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई कोरोना भाइरसको संक्रमण नभएको पाइएपछि घर फर्कन पाउने भएका छन् ।
क्वारेन्टाइनमा राखिएका १ सय ९३ नेपालीलाई १७औँ दिनमा घर फर्काइने भएको हो ।
खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपालीको ४ गते नै उनीहरूको नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिम पटक आज शनिबार (१७ फागुन) फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज शनिबार सङ्कलन गरिने स्वाबको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरी आउने रिपोर्टमा नेगेटिभ देखिए क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको हो ।
आज सङ्कलन गरिने रÞ्याल नमूना परीक्षणको रिपोर्ट १७ गतेसम्म आउने र ढिलोमा १८ गतेसम्ममा उनीहरुलाई घर फर्काइने भएको छ ।