भद्रपुर जेसिसको अयोजनामा मोटरसाइकल रेस
फागुन १७,
झापाको भद्रपुरमा जेसिसले आयोजना गरेको ’स्लो मोटरसाइकल रेस’ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । भद्रपुर जेसिजले भ्रमण वर्ष सन् २०२० प्रवद्र्धन गर्ने उद्देश्यले ’स्लो मोटरसाइकल रेस’ प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा विकास घिमिरे प्रथम, चन्द्र प्रधान दोस्रो र नवीन कार्की तेस्रो भएका छन् । प्रथम हुनेलाई नगद २ हजार, दोस्रो हुनेलाई १५ सय र तेस्रो हुनेलाई एक हजारले पुरस्कृत गरिएको छ ।
नेपाल–भारतको सीमा नाका मेची पुलमा कार्यक्रमको उद्घाटन गर्दै व्यानरसहित पदयात्रा गरी भद्रपुरमा मावि पुगेका थिए । भद्रपुर माविमा मोटरसाइकल रेस प्रतियोगिता गरिएको थियो । भद्रपुर जेसीजका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
प्रतिकृया दिनुहोस्