May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

नयाँदिल्लीको हिंसात्मक झडपमा ४२ को मृत्यु ४०० बढी घाइते

नयाँदिल्लीको हिंसात्मक झडपमा ४२ को मृत्यु ४०० बढी घाइते

फागुन १७, काठमाडौं ।
भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका ४२ जनाको मृत्यु भएको दिल्ली प्रहरीले जनाएको छ । दोहोरो झडपमा झण्डै ४०० भन्दा बढी घाइते भएका छन् ।
मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानूनले खासगरी भारतीय मुस्लिम र बौद्ध समुदाय विरोधमा उत्रिएका छन् । विरोधमा उत्रने र समर्थन गर्नेको विचमा झडप हुँदा मृत्युहुनेको संख्या बढेको हो ।
हालसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौँ दङ्गा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ । विवादास्पद नागरिकता कानूनलाई लिएर तीन महिनादेखि देशैभर विरोध प्रदर्शन भइरहेका छन् र यस क्रममा एक सयभन्दा बढीको ज्यान गइसकेको छ । पछिल्लो हिंसात्मक झडप उक्त कानूनको पक्ष र विपक्षमा रहेका हिन्दु र मुस्लिम समुदायबीच भइरहेको छ ।
हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीका घर, पसल, मस्जिद, विद्यालय, टायर बजार र पेट्रोप पम्पमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।
गत आइतबार मुस्लिम समुदायका व्यक्तिहरूले नागरिकता कानूनको विरोधमा सडकमा जुलुस निकालेकै समयमा हिन्दु समूहले आक्रमण गरेपछि परिस्थिति नियन्त्रणबाहिर पुगेको थियो । समाचार एजेन्सीको सहयोगमा