पौडेल समुहको कोही नराखी देउवाले गरे १३ विभागको गठन
फागुन १७, काठमाडौं ।
नेपाली काँग्रेसको सभापति शेरबादुर देउवाले पार्टीका १३ वटा केन्द्रीय विभाग गठन गरेका छन् । देउवाले विधानको धारा ३७ (१) (ग) बमोजिम पार्टीका केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेका हुन् ।
काँग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने उल्लेख छ । पुस ११ गतेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ र्पुयाउने निर्णय गरेको थियो ।
काँग्रेस विधानमा २८ ओटा विभाग हुने व्यवस्था छ । देउवाले आगामी महाधिवेशन वा महासमितिबाट अनुमोदन गर्नेगरी विभागको सख्या ४७ र्पुयाउने निर्णय गरेका थिए । यस प्रकरणमा रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाले असहमती जनाउँदै आएका थिए । तर पछिल्लो समिकरण देउवा पाटी भित्रै अप्ठेरोमा परेपछि उनले सिटौलालाई हालमा लिन थालेका छन् ।
पछिल्लो पटक विभाग प्रमुखको निर्कोल गर्दा गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, आनन्दप्रसाद ढुंगाना र शिव प्रसाद हुमागाईँ सिटौला समुहबाट परेका हुन् । दुबै समुहका विभाग प्रमुख हुदा पौडेल समुहका भने कोही पनि परेका छैनन् । शुक्रबार मात्र देउवाले आफू पक्षधरको नाम दिनको लागि माग गरेपनि पौडेल पक्षले कुनैपनि नाम नदिएपछि देउवाले पौडेल पक्षलाई पेलेरै विभाग गठन गरेको हो ।
काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ । यस्तै पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा दाङका कृष्ण किशोर घिमिरे झापाका गोपालकुमार बस्नेत, झापाका सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र तनहुँका ध्रुव वाग्लेलाई मनोनयन गरेका छन् ।

विभाग प्रमुखहरु
संगठन विभाग : गोपालमान श्रेष्ठ
संघीय मामिला तथा प्रदेश समन्वय विभाग : रमेश रिजाल
मुस्लिम विभाग : फरमूल्लाह मन्सुर
स्थानीय तह समन्वय विभाग : अर्जुनप्रसाद जोशी
वित्तिय तथा सहकारी संस्था समन्वय विभाग : आनन्दप्रसाद ढुंगाना
तराई–मधेश समन्वय विभाग : अजयकुमार चौरसिया
यातायात व्यवसायी समन्वय विभाग : महेन्द्र यादव
तरुण विभाग : शंकर भण्डारी
आदिवासी जनजाति विभाग : सीता गुरुङ
नेपाली जनसम्पर्क समिति समन्वय विभाग : गोविन्द भट्टराई
उद्योग व्यापार विभाग : चिनकाजी श्रेष्ठ
सूचना, संचार तथा प्रचार विभाग : विश्वप्रकाश शर्मा (प्रवक्ता)
श्रमिक तथा टे«ड युनियन विभाग : शिवप्रसाद हुमागाँइ
प्रतिकृया दिनुहोस्